मधुसुदन सापकोटालाई बेल्जिययममा कांस्य
काठमाडौं । नेपाली भेट्रान खेलाडी मधुसुदन सापकोटाले बेल्जिययम भएको कोरियन एम्बासडर तेक्वान्दो प्रतियोगितामा कांस्य जितेका छन् ।
उनले पुरुष ४१–५० वर्षको एकल पुम्सेमा कांस्य जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष मधुसुदन सापकोटाले जनाएका छन् । खेलमा उनले ६.१२ अंक जोडेका थिए ।
प्रतियोगितामा पोल्यान्ड पहिलो र बेल्जियम दोश्रो स्थानमा रह्यो । प्रतियोगिता बेल्जियमको ब्रसेल्समा भएको थियो ।

टिप्पणी लेख्नुहोस्