लेख विवरण

मनास्लु र ललितपुर हाइलाई उपाधि

मनास्लु र ललितपुर हाइलाई उपाधि

काठमाडौंँ । मनास्लु वर्ल्ड कलेज र ललितपुर हाइले मदन भण्डारी कप दोश्रो खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । मनास्लु पुरुष तथा ललितपुर हाइ महिलामा च्याम्पियन बने ।

कीर्तिपुर कभर्डहलमा भएको पुरुष फाइनलमा मनास्लुले नेपाल आर्मीलाई ८६–६६ ले पराजित ग¥यो । महिलाको उपाधि भिडन्तमा ललितपुर हाइले बूढानीलकण्ठलाई ५३–४१ ले हरायो । दुवैमा प्रथम हुनेले १ लाख ५० हजार तथा दोश्रोले ५० हजार नगद पुरस्कार पाए ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनास्लुका जय दीप तथा महिलामा ललितपुर हाइकी काभ्या सिङला ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.