लेख विवरण

मलेसियामा नेपाली समुदायले अन्नपूर्ण गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दै

मलेसियामा नेपाली समुदायले अन्नपूर्ण गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दै

पेनाङ । मलेसियाको पेनाङमा रहेका नेपाली समुदायले अन्नपूर्ण गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएका छन् । हाम्रो अन्नपूर्ण एफसीले पेनाङमा यही जेठ २१ अर्थात जुन ४ मा एकदिने खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुला नाराको साथ आयोजना हुने प्रतियोगितामा स्थानीय क्लबहरुलाई सहभागिताको लागि हाम्रो अन्नपूर्ण एफसीले अनुरोध गरेको छ ।

प्रतियोगितामा पहिलो हुनेलाई आरएम ३ हजार ५ सय सहित ट्रफी र दोस्रो हुनेलाई आरएम २ हजार सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु देसा सेमारा अपार्टमेन्ट ब्लक बी को खेल मैदानमा हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.