मलेसियामा पाँचौ संस्करणको हिमालयन गोल्डकप फुटबल प्रतियोगिता हुने
क्वालालम्पुर । हिमालयन फुटबल क्लब मलेसियाको आयोजनामा पाँचौ संस्करण हिमालयन गोल्डकप २०२३ जनवरी २२ देखि २४ तारीख सम्म हुने भएको छ । प्रतियोगिताको बारेमा आइतवार एक पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले जानकारी दिएको हो ।
आयोजक हिमालयन फुटबल क्लबका अध्यक्ष सन्तोष कार्कीका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार र दोस्रो हुनेलाई १० हजार मलेसियन रिंगेट प्रदान गरिने छ । प्रतियोगिताका खेलहरु साहाआलाम स्थित पानसोनीक फुटबल स्टेडीयममा बिहान १० देखि राति १० बजे सम्म खेलाइने कार्कीले बताए ।
पछिल्लो चार संस्करण सफलताका पूर्वक सम्पन्न भएको यो प्रतियोगिता मलेसियामा कोरोना फैलिएपछिको पहिलो हो ।
क्लबका अध्यक्ष कार्कीले अब पुनः पहिले जस्तै सकृय भएर धेरै भन्दा प्रतियोगिताहरुको गरि मलेसियामा आप्रवासी फुटबल प्रतियोगिता आयोजनाको तयारी गर्ने बताएका छन । उनले हिमालयन फुटबल क्लब मलेसियामा नेपाल र नेपालीको पहिचान भएकोले यो प्रतियोगितामा सहयोग गर्न सम्पूर्ण नेपालीहरुलाई आग्रह गरेका छन ।
मलेसियामा नेपालीहरुले आयोजना गर्ने अन्य प्रतियोगिता भन्दा हिमालयन गोल्डकप उत्कृष्ट प्रतियोगिता भएको हिमालयन फुटबल क्लबका ब्यबस्थापक राजु तामाङले बताएका छन । उनले प्रतियोगितामा यसपटक आयोजक सहित १५ क्लबको सहभागिता रहने बताए ।
हिमालयन फुटबल क्लबले प्रतियोगिताको तयारीका लागि प्रत्येक दिन खेलाडिहरुलाई प्रशिक्षण दिइरहेकोले यस पटक टोलीले राम्रो नतिजा ल्याउनेमा ढुक्क रहेको प्रशिक्षक पुर्ण लिम्बुले बताए ।
प्रतियोगितामा सहभागी हुने फुटबल क्लबहरुलाई आयोजकले २०२३ जनवरी १ देखि १५ तारिख सम्ममा आफ्नो टोली दर्ता गराउन आग्रह गरेको छ ।

टिप्पणी लेख्नुहोस्