लेख विवरण

मलेसियामा “सुम्निमा रिया-आईएमई गोल्डकप” फुटबल प्रतियोगिता हुने

मलेसियामा “सुम्निमा रिया-आईएमई गोल्डकप” फुटबल प्रतियोगिता हुने

पेराक । मलेसियाको पेराक राज्य स्थित ईपोमा पाँचौं संस्करणको “सुम्निमा रिया-आईएमई गोल्डकप” फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सुम्निमा युनाइटेड फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता अक्टोबर २३ र २४ तारिखमा हुनेछ ।

ईपोको वाईमएसिए फुटबल क्लबको खेलमैदानमा हुने प्रतियोगितामा प्रथम हुनेले टोलीलाई आठ हजार एक मलेसियन रिङ्गेट नगदका साथै च्याम्पियन ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन । दोस्रो हुनेलाई चार हजार एक नगद मलेसियन रिङ्गेट, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

यस्तै उत्कृष्ट खेलाडी, सर्बाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स र उत्कृष्ट मिडफिल्डरलाई पुरस्कृत गरिने आयोजक क्लबका फाउण्डर युबराज साम्पाङले जानकारी गराए ।

प्रतियोगितामा वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा रहेका नेपालीहरु सम्मिलित १२ भन्दा बढिको टोलीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगितामा ११ मुख्य खेलाडि, ४ जना अतिरिक्त खेलाडि र २ जना अफिसियल रहने ब्यवस्था छ । टिम दर्ता गर्ने अन्तिम मिति अक्टोबर १५ तारीख रहेको र दस्तुर पध्र सय मलेसियन रिंगेट लाग्ने आयोजकले जनाएको छ ।

सुम्निमा युनाइटेड क्लबको स्थापना सन् २०१५ मा भएको थियो । स्थापनाकाल देखि सन् २०१८ सम्म सुम्निमा गोल्डकप फुटबल प्रतियोगिता चारवटा संस्करण सम्पन्न भई सकेको छ । पाँचौ संस्करण विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण लम्बिएको हो ।

वैदेशिक रोजगारीको बिकल्प अंगालेका फुटबल खेलाडीहरुका लागि प्रतियोगिता आयोजना गर्न पाउँदा आफुलाई खुसि लागेको क्लबका फाउण्डर साम्पाङले बताए । मलेसियामा रोजगारीको शिलशिलामा नेपालका चर्चित क्लबबाट ए र बी डिभिजन लिग खेलीसकेका खेलाडीहरु पनि रहेका छन ।

लामो समय देखि मलेसियामा व्यवसाय गर्दै आएका युवराज साम्पाङ समाजसेवा, खेल्कुद क्षेत्र लगायत विभिन्न प्रतिभाहरूलाई हौसला दिन विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएका एक परिचित ब्यक्ति हुन ।

प्रतियोगिताको मुख्य प्रायोजकमा रियाआईएमई रहेको छ । त्यसैले यस संस्करणको नाम पाँचौ सुम्निमा रिया-आईएमई गोल्डकप रहेको छ । साथै मिडिया पार्टनरमा हिमालटाईम्स, सोसियल पार्टनर पिएनसीसी र अफिसियल पार्टनर सा-सुम्निमा एसडिएन बिएचडि रहेकोछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.