मलेसिया विरुद्धहुने टी–२० श्रृंखलाका लागि नेपाली महिला क्रिकेट टोली घोषणा
काठमाडौंँ । जेठ तेस्रो सातादेखी हुने नेपाल र मलेसियाबीचको द्विपक्षीय टी–२० अन्तराष्ट्रिय श्रृंखलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरिएको छ ।
टोलीको नेतृत्व नियमित कप्तान रुविना क्षेत्रीले गर्नेछिन् । कविता कुँवर, कविता जोशी, अश्मिना कर्माचार्य, संगिता राई, बिन्दु रावल, ममता चौधरी, अप्सरी बेगम, कृतिका मरासैनी, सम्झना खड्का, सोनु पाख्रिन, इश्वरी बिष्ट, श्रष्टी जैशी, इन्दु बर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, सरस्वतीकुमारी चौधरी र सीता राना मगर टोलीमा परेका छन् ।
जेठ १५ देखि २१ गतेसम्म मलेसियामा हुने श्रृंखलामा नेपालले पहिलो खेल जेठ १५ गते खेल्नेछ । त्यस्तै १६ गते दोस्रो १८ गते तेस्रो २० गते चौथो र ४ गते नेपालले अन्तिम खेल खेल्नेछ । श्रृंखलाका खेलहरु मलेसियाको युकेएम ओभल मैदानमा हुनेछ ।

टिप्पणी लेख्नुहोस्