लेख विवरण

महानगर दिवसको अवरमा फुटबल मैदानमा उत्रिए बालेन

महानगर दिवसको अवरमा फुटबल मैदानमा उत्रिए बालेन

काठमाडौं । महानगर दिवसको अवरमा दशरथ रङ्गशालामा सोमबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाले महानगर दिवसको अवसरमा विभिन्न वडाका प्रतिनिधि र कर्मचारीबीच फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

महानगर प्रमुख–११ र प्रमुख प्रशासकीय अधिकृत (सिइओ)–११ बीच भएको मैत्रीपूर्ण प्रतियोगितामा सिइओ–११ ले प्रमुख–११ लाई ६–१ गोलले हरायो । मैत्री खेलमा काठमाडौं महानगर पालिकाका प्रमुख बालेन्द्र शाह पनि मैदानमा उत्रिएका थिए । एक घण्टा चलेको फुटबल खेलमा वडाका प्रतिनिधि र महानगरका कर्मचारीले फुटबल खेलको मजा लिएका थिए ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.