लेख विवरण

महालक्ष्मी नगर टिम च्याम्पियन

महालक्ष्मी नगर टिम च्याम्पियन

काठमाडौं । महालक्ष्मी नगर लुभू डोजो दोश्रो मेयर कप बागमती प्रदेशस्तरीय वादो कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । महालक्ष्मी ५ स्वर्ण, १ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।

आईडब्लुएफएन कराते, ठैब डोजोको आयोजनामा भएको प्रतियोगितामा मनमैजु ४ स्वर्ण, २ रजत र ३ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको बूढानकीलकण्ठले ३ स्वर्ण, २ रजत र ६ कांस्य हात पा¥यो ।

प्रतियोगिताको पुरुषमा ठैब डोजोका आकाश लोप्चन तथा महिलामा बडीखेलकी उर्षला पहरी उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा सिुन्धुपाल्चोकका अन्जन पुरी तथा महिलामा केजेडआईकी जुना तामाङ उदीयमान खेलाडी चुनिए ।

विजेतालाई संघीय सांसद् उदयशम्शेर राणा, बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जन, आयोजक आईडब्लुएफएन कराते, ठैब डोजोका अध्यक्ष एवं प्रमुख प्रशिक्षक बुद्धराज नेगीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यअघि एकदिने प्रतियोगिताको गोदावरी नगरपालिकाका मेयर गजेन्द्रले उद्घाटन गरेका थिए ।

ठैबस्थित ब्लु बर्ड स्कुलमा भएको प्रतियोगितामा कातासहित पुरुष÷महिलामा समान ११–११ गरी जम्मा २२ स्पर्धामा करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.