महिला एकदिवसीय क्रिकेटमा पाकिस्तानकी सिद्रा अमीनले बनाइन ठूलो कीर्तिमान
काठमाडौं । आयरल्यान्डको महिला टोली हाल पाकिस्तान भ्रमणमा रहेको छ । शुक्रवार लाहोरको गद्दाफी स्टेडियममा दुई टोलीबीच भएको एकदिवसीय खेलमा पाकिस्तानकी ३० वर्षीय ब्याट्सम्यान सिद्रा अमिनले आफ्नो नाममा ठूलो कीर्तिमान बनाएकी छिन् । आयरल्याण्ड विरुद्धको खेलमा उनले १७६ रन बनाएकी छिन । यस क्रममा सिद्राले १५१ बलको सामना गर्दै २० चौका र एक छक्का प्रहार गरिन् ।
महिला एकदिवसीय क्रिकेट इतिहासमा यो पाँचौं ठूलो इनिङ्स हो। सिद्रा अमिनको शानदार इनिङ्सको मद्दतमा पाकिस्तानले पहिलो एकदिवसीय खेलमा ३ विकेट गुमाएर ३ सय ३५ रनको विशाल स्कोर बनाएको थियो। जवाफमा आयरल्याण्डको टोली २०७ रनमा अलआउट भयो । र पाकिस्तानले खेल १२८ रनले जित्यो । पाकिस्तानका लागि निदा डारले तीन तथा फातिमा साना र नसरा सन्धुले दुई–दुई विकेट लिइन ।
खेलमा सिद्रा अमिनसँगै मुनिबा अलीले पनि उत्कृष्ट शतक प्रहार गरिन् । मुनिबाले ११४ बलको सामना गर्दै १० चौका र दुई छक्काको मद्दतमा १०७ रन बनाइन । सिद्रा अमिन र मुनिबा अलीले पहिलो विकेटका लागि २११ रनको साझेदारी गरे। सिद्रा पाकिस्तानका लागि १५० प्लस खेल्ने पहिलो महिला क्रिकेटर बनेकी छिन् । यसअघि यो कीर्तिमान जावेरिया खानको नाममा थियो । जावेरिया खानले श्रीलंकाविरुद्ध अविजित १३३ रन बनाएकी थिइन् । जावेरिया खानले यो किर्तिमान सन् २०१५ मा बनाइकी थिइन ।

टिप्पणी लेख्नुहोस्