लेख विवरण

महिला एकदिवसीय क्रिकेट विश्वकप शुक्रवारबाट सुँरुहुदै

महिला एकदिवसीय क्रिकेट विश्वकप शुक्रवारबाट सुँरुहुदै

काठमाडौं । महिला एकदिवसीय क्रिकेट विश्वकप मार्च ४ देखी सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा आयोजक न्यूजिल्याण्ड र वेस्ट इन्डिज भिड्ने छन । यसपटकको विश्वकपमा आठ टोलीबीच २७ खेलहरु हुनेछन् । त्यसपछि अंक तालिकाको उत्कृष्ट चार टोलीबीच सेमिफाइनल खेल हुनेछ भने फाइनल खेल अप्रिल ३ मा हुनेछ । खेलहरु न्युजिल्यान्डको ६ शहरमा हुनेछ । विश्वका उत्कृष्ट आठ टोलीले बे ओभल, ह्यामिल्टन, क्राइस्टचर्च, वेलिग्टन, अकल्याण्ड र डुनेडिनमा जम्मा ३१ खेल खेल्नेछन्।

हालसम्म ११ पटक महिला एकदिवसीय विश्वकपको आयोजना भइसकेको छ । जसमध्ये अस्ट्रेलियाले ६ पटक र इङ्ल्यान्डले चार पटक उपाधि जितेको छ । न्युजिल्यान्ड मात्र एक पटक विजेता बनेको छ । यी तीन टोली बाहेक अन्य कुनै टोलीले उपाधि जित्न सकेको छैन । यसपटक पनि यी तीनै टोली उपाधि जित्ने प्रबल दावेदार हुन् ।

यसपटक महिला विश्वकपको पुरस्कार राशि दोब्बर गरिएको छ । अब प्रतियोगिताको विजेता टोलीले १.३२ मिलियन अमेरिकी डलर अर्थात् १६ करोड रुपैयाँ पाउनेछ । सन् २०१७ मा यो रकम ८ करोड रुपैयाँ थियो । यस पटकको विश्वकपमा एक टोलीले ९ खेलाडी मात्रै पनि खेलाउन पाउनेछन् । कोरोना महामारीलाई ध्यानमा राख्दै आईसीसीले यो नियम ल्याएको हो । नयाँ नियमअनुसार कुनै टोलीमा पूरा ११ खेलाडी नभएको खण्डमा ९ खेलाडी मात्रै मैदान प्रवेश गर्न पाउनेछन् ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.