लेख विवरण

महिला एसिया कप : भारतले थाइल्याण्डलाई ९ विकेटले हरायो

महिला एसिया कप : भारतले थाइल्याण्डलाई ९ विकेटले हरायो

सिहल्ट । महिला एसिया कप २०२२ को उपाधि दावेदार भारतले सोमबार थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले १५.१ ओभरमा अलआउट हुनुअघि मात्र ३७ रन बनाएको थियो । भारतले ३८ रनको लक्ष्य ६ ओभरमा पूरा गर्‍यो। थाइल्याण्डका १० ब्याट्सम्यानहरुले दोहोरो अंक छुन सकेनन ।

थाइल्याण्डका लागि ओपनर नानापट कोन्चारोएनकाईले सर्वाधिक १२ रन बनाइन । भारतका लागि स्नेह रानाले चार ओभरमा ९ रन दिएर तीन विकेट लिइन । दीप्ती शर्मा र राजेश्वरी गायकवाडले दुई–दुई विकेट लिइन । मेघना सिंहले एक विकेट लिइन् ।

लक्ष्य पछ्याउन आएकी भारतकी शेफाली वर्मा आठ रन बनाएर आउट भइन् । सभिनेनी मेघनाले १८ बलमा तीन चौका प्रहार गर्दै अविजित २० रन बनाइन् । पूजा वस्त्रकारले १२ बलमा नटआउट १२ रन जोडिन् । भारतले लिग चरणमा आफ्ना ६ मध्ये पाँच खेल जितेर महिला एसिया कप २०२२ को सेमिफाइनलमा स्थान बनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.