लेख विवरण

महिला ओपन गल्फको उपाधि सुस्मालाई

महिला ओपन गल्फको उपाधि सुस्मालाई

काठमाडौं । महिला ओपन गल्फ प्रतियोगिताको उपाधि सुस्मा सिग्देलले जितेकी छिन । रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा शनिबार भएको १८ होल स्पर्धामा सुस्माले ४० अंक जोड्नि । स्टेबलफोर्ड ३र४ ह्यान्डीक्याप विधामा भएको प्रतियोगितामा सुस्माले उपविजेता कस्मिरा शाहलाई दुई अंकले पछि पारिन । दोस्रो भएकी शाहले ३८ अंक जोड्ेकी थिइन ।

सिनियर तर्फ रेखा घिमिरे पहिलो भइन । उनले ३७ अंक बटुलेकी थिइन । ३२ अंक बनाएकी कल्याणी मोक्तान दोस्रो भइन । जुनियरतर्फ १५ अंक बनाएकी अस्टिना टन्डन पहिलो र १२ अंक जोड्ेकी सोनी तामाङ दोस्रो भइन ।

मोस्ट बर्डीको पुरस्कार कस्मिरा शाहले जितिन । उनले तीन वटा बर्डी हानेकी थिइन । लङ्गेस्ट ड्राइभको पुरस्कार प्रतिभा राईले जितिन । क्लोजेस्ट टु दि पिनको पुरस्कार रेखा घिमिरेले प्राप्त गरिन । आर्सिया बुनुको सक्रियतामा आयोजित एक दिने महिला एमेच्यार गल्फ प्रतियोगिता ५० खेलाडीको सहभागिता रहेको थियो ।

विजेतालाई राष्ट्रपति विद्यादेवी भण्डारी, सर्वोच्चका न्यायाधिश सपना प्रधान मल्ल, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए । महिलालाई गल्फ खेलमा आकर्षित गर्न महिला ओपन गल्फ प्रतियोगिता आयोजना गरिएको हो ।

विजेलाई स्कुटरसहित उपहार प्रदान गरिएको छ । यसैगरी उपविजेतासहित विभिन्न विधाका खेलाडीलाई साइकल, टर्किस एयरलाइन्सबाट हवाई टिकट लगायत आकर्षक पुरस्कार प्रदान गरिएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.