लेख विवरण

महिला क्रिकेटमा एपिएफ र मधेश प्रदेश बिजयी

महिला क्रिकेटमा एपिएफ र मधेश प्रदेश बिजयी

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा विहीबार सशस्त्र प्रहरी बलको एपिएफ र मधेश प्रदेश बिजयी भएका छन् । विहीबार भएको पहिलो खेलमा एपिएफले गण्डकी प्रदेशलाई र दोश्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिमलाई हरायो ।

विहीबारको पहिलो खेलमा एपीएफ क्लवले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित ग¥यो । पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपीएफले १ सय ६ बल बाँकि रहँदै पुरा ग¥यो । एपीएफको तर्फबाट सिता राना मगरले ५ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडिन । इन्दु बर्माले ३ बलमा २ चौका सहित ९ रन जोडिन् ।

खराब लयबाट गुज्रिइरहेको गण्डकीले पहिले व्याटिङ गर्दै १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६ रन बनाएको थियो । गण्डकीका कुनैपनि खेलाडीले दोहोरा आँकडाको योगफल तयार पार्न सकेनन् । श्रृष्टि जैशिले बनाएको ५ रननै गण्डकीको सर्वाधिक बन्न पुग्यो ।

एपीएफको बलिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले ३ ओभरमा ४ रन खर्चिएर २ विकेट लिइन् । त्यस्तै, सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सिता रानामगरले १–१ किवेट लिए । गण्डकीका श्रृष्टी जैशिले १ विकेट लिइन् । जितसंगै एपीएफ ग्रुप ए को शिर्षस्थानमा पुगेको छ । एपीएफले दुई खेलमा दुई जित हाँसिल गर्दै ४ अंक जोडेको छ ।

विहीबार भएको दोश्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्यो । पहिले व्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रनको योगफल तयार ग¥यो । ९२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको सुदूरपश्चिम प्रदेशले ८ विकेट गुमाएर ७६ रन मात्र बनाएपछि मधेश प्रदेश बिजयी भएको हो ।

खेलमा मधेश प्रदेशका सना प्रविन प्लेयर अफ दी म्याच घोषित भईन् । उनले ३५ रनको योगदान दिईन् । त्यस्तै गोमा आलेले १० रन बनाईन् । मधेशका सन्तोषी चौधरी, शान्ती चौधरी र अनुराधा चौधरीले समान २/२ विकेट लिइन । सुदूरपश्चिमका लागि ऋतु कनौजियाले २७, रुवी पोद्दारले १२ तथा यशोदा विष्टले ११ रनको योगदान दिइन ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.