महिला खुला बास्केटबल शुक्रबारदेखि
काठमाडौं । गोदावरी अल्मुनाइ एसोसिएसन (जीएए) को आयोजनामा फादर वाट्रिन महिला खुला बास्केटबल शुक्रबारदेखि हुने भएको छ । ललितपुरको सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा हुने प्रतियोगितामा चार टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी टिममा रोयल, जेभियर, आईएसए नेपाल र नयाँ बजार, कीर्तिपुर रहेका छन् ।
राउन्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल बिहीबार हुने छ ।

टिप्पणी लेख्नुहोस्