महिला टी–२० विश्वकपमा श्रीलंकाको लगातार दोस्रो जित
काठमाडौंँ । टी–२० महिला विश्वकपमा श्रीलंकाले लगातार दोस्रो जित दर्ता गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार राति भएको खेलमा श्रीलंकाले बंगलादेशलाई ७ विकेटले पराजित गर्यो । टोलीको जितमा ओपनर हर्षिता समरविक्रमाले ५० बलमा ६९ रनको अविजित इनिङ खेलिन् । टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १२६ रन बनाएको थियो । जवाफमा श्रीलंकाले १८.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो।
राम्रो सुरुवात गरेको बंगलादेशी टोलीले ६ ओभरमा ४८ रन बनाएको थियो । तर श्रीलंकाकी चमारी अथापथु र इनोका रणविराले कसिलो बलिङ्ग गरेपछि बंगलादेशको टोली १२६ रनमा रोकियो । टोलीका लागि शमिना सुल्ताना (२०), मुर्शिदा खातुन (०), शोभना मोस्तारी (२९), निगार सुल्ताना (२८), लता मण्डल (११), शोर्ण अख्तर (५), रितु मोनी (२), सलमा खातुन ९८, नाहिद अख्तर (८) र जहानारा आलमले १ रन बनाइन् । श्रीलंकाकी औषादी रणसिङ्घेले ३ र चमारी अथापथुले २ विकेट लिए । इनोका रणवीराले १ विकेट लिइन ।
लक्ष्य पछ्याएको श्रीलंकाका लागि ओपनर हर्षिता समरविक्रमाले पावरप्लेमा १३ बल मात्र खेलिन् । अर्को छेउबाट कप्तान चमारी अथापथुले १७ बलमा १५ रन बनाइन् । पावरप्लेको अन्त्यसम्म ९ बलमा ८ रन मात्रै बनाएकी हर्षिता ढिलो खेलिरहेकी थिइन् । खेलको आधि इनिङ सम्म उनले २२ बलमा २२ रन बनाएकी थिइन ।
१६ औं ओभरमा क्रिजमा टिकेकी हर्षिताले चार बलमा दुई छक्का र एक चौका प्रहार गरिन् । अन्त्यमा उनलाई नीलाक्षी डिसिल्भाले साथ दिइन् । यी दुईले १२४ रनको साझेदारी गरे जसमा डि सिल्भाले ४१ रन बनाइन। अन्तमा श्रीलंकाले ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

टिप्पणी लेख्नुहोस्