लेख विवरण

महिला फुटबल खेलाडीहरूको लागि अक्षय कोषको स्थापना

महिला फुटबल खेलाडीहरूको लागि अक्षय कोषको स्थापना

काठमाडौं । पूर्व फुटबल खेलाडी पेमा डोल्मा लामाले महिला फुटबल खेलाडीहरूको सम्मानका लागि अक्षय कोषको स्थापना गरेकी छिन । पूर्वखेलाडी तथा हाल अखिल नेपाल फुटबल सङ्घ (एन्फा) महिला समितिकी सदस्य एवं महिला फुटबल सङ्घकी महासचिवसमेत रहेकी पेम्बाले आफूले विभिन्न प्रतियोगिताका दौरान प्राप्त भत्ता तथा अन्य रकममा थप गरी रु तीन लाख बराबरको अक्षयकोष स्थापना गरेकी हुन ।

उनले यस रकमबाट वार्षिक रूपमा ब्याजवापत प्राप्त रकम हरेक वर्ष महिला दिवश (मार्च ८) का दिन एक जना पुराना वा नयाँ महिला खेलाडीलाई पुरस्कृत गर्ने जानकारी दिइन । पुरस्कारको लागि एक छनोट समिति निर्माण गर्ने र उक्त समितिको सिफारिसमा पुरस्कृत गर्ने लामाले बताइन । उनले सम्मान गर्नुको मुख्य उद्देश्य पुराना महिला खेलाडीहरूले फुटबल विकासमा पु¥याएको योगदानको कदर र नयाँ खेलाडीहरूलाई फुटबल खेलप्रति हौसला प्रदान गर्दै प्रोत्साहित गर्ने बताइन ।

उनले आगामी दिनमा यस अक्षयकोषमा रकम थप गर्दै जाने उल्लेख गरिन । दुई दशकदेखि फुटबलमा सक्रिय उनी सहायक रेफ्री र रेफ्री इन्स्ट्रक्टरसमेत हुन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.