महिला फुटबल : एपीएफले कर्णाली प्रदेशलाई १६–० गोलले हरायो
काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा विभागीय टोली नेपाल एपीएफ क्लबले कर्णाली प्रदेशमाथि गोल वर्षा गरेको छ । शनिबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई १६–० गोलले हरायो ।
एपीएफको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा एपीएफले प्रदेश–१ लाई ७–१ गोलले पराजित गरेको थियो । पहिलो हाफमा १० गोल गरेको एपीएफले दोस्रो हाफमा ६ गोल गरेको थियो ।
एपीएफको सानदार जितमा सावित्रा भण्डारीले पाँच गोल गरिन । सरु लिम्बुले ह्याट्रिक पूरा गरिन । अनिता केसी र रविना गोले दुई दुई तथा गीता राना, मनमाया लिम्बु, सविता रानामगर र प्रीति राईले एक एक गोल थपिन । महिला फुटबलमा शनिबार नै गण्डकी र प्रदेश–१ तथा बागमती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

टिप्पणी लेख्नुहोस्