लेख विवरण

महिला बास्केटबलमा सुदुरपश्चिमले मधेश प्रदेशलाई हरायो

महिला बास्केटबलमा सुदुरपश्चिमले मधेश प्रदेशलाई हरायो

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला बास्केटबल प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले विजय हासिल गरेको छ ।

आइतबार तनहुँको दमौली स्थित निर्मल मावि स्कुलको बास्केटबल कोर्टमा भएको खेलमा मधेश प्रदेशलाई ४५–२१ अन्तरले हराउदै सुदुरपश्चिम विजयी भएको हो ।

प्रतियोगिताको पहिलो चरणमा १२–३ को अन्तर बनाएको सुदुरपश्चिमले दोस्रो चरणमा ११–७ को अन्तर बनाएको थियो । तेस्रो चरणमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले ६–६ अकं जोडेको थियो । खेलको अन्तिम चरणमा सुदुपश्चिमले उत्कृष्ट प्रर्दशन गर्दै १६–५ को अकं जोडदै मधेस प्रदेशलाई पराजित गरको हो । यसअघि सुदुरपश्चिम प्रदेश र मधेस प्रदेश आर्मी संग पराजित भएको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.