महिला बास्केटबल : रोयल र जेभियर उपाधिनजिक
काठमाडौं । रोयल स्पोर्ट्स सेन्ट्रल र जेभियर इन्टरनेसनल कलेज फादर वाट्रिन स्मृति महिला खुला बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा पुगेका छन् । राउन्ड रोविन लिगमा रोयल विजेता तथा जेभियर उपविजेता हुँदै फाइनलमा पुगेका हुन् ।
गोदावरी अल्मुनाइ एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगितामा रोयलले नयाँ बजार क्लब, कीर्तिपुरलाई ३४–१७ ले पाखा लगायो । रोयलकी प्रतिक्षा मगरले १४ स्कोर गरिन् । जेभियरले आईएसए नेपाललाई २८–१९ ले पन्छायो । जेभियरकी कृति चौधरीले ८ अंक जोडिन् । प्रतियोगिताको फाइनल बिहीबार हुने छ ।

टिप्पणी लेख्नुहोस्