महिला यू–१९ विश्वकपको उपाधि भारतलाई
काठमाडौंँ । भारतले पहिलो यू–१९ महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ । फाइनलमा इंग्ल्याण्डलाई ७ विकेटले पराजित गर्दे भारतले उपाधि माथी कब्जा गरेको हो । दक्षिण अफ्रिकाको पोचेस्ट्रुम स्टेडियममा टस जितेर बलिङ गरेको भारतले १७.१ ओभरमा इङ्ल्यान्डलाई ६८ रनमा अलआउट गर्यो। त्यसपछि भारतले १४ ओभरमा ३ विकेट गुमाएर ६९ रनको लक्ष्य पुरा गरेको थियो ।
फाइनलमा ६ रन दिएर २ विकेट लिएकी तितास साधु प्लेयर अफ दि म्याच घोषित भइन । इंग्ल्याण्डकी कप्तान ग्रेस सर्भेन्स प्लेयर अफ द टुर्नामेन्ट भइन । उनले ७ खेलमा २९३ रन बनाउदै ९ विकेट लिएकी थिइन ।

टिप्पणी लेख्नुहोस्