महिला साफ च्याम्पियनसिपका लागि तयारी तीव्र
काठमाडौँ । एन्फाले आसन्न महिला साफ च्याम्पियनसिपका लागि तयारी तीव्र पारेको छ ।
एन्फाले च्यासलको रङ्गशाला र नेपाल आर्मीको भद्रकालीस्थित फुटबल मैदानलाई सहभागी टोलीका लागि अभ्यास गर्न तोकेको छ । एन्फाले अभ्यासका लागि आवश्यक पूर्वाधारको काम अगाडी बढाएको छ ।
एन्फाले च्यासलमा आवश्यक पोल लगायत अन्य पूर्वाधार तयार गर्दै गरेको फोटो सार्वजनिक गरेको छ । त्यस्तै भद्रकालीको मैदानमा खासै केही गर्नुपर्ने छैन । महिला साफ च्याम्पियनसिप यही भदौ २१ गतेबाट काठमाडौँमा हुँदैछ ।
सात राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा भारत, पाकिस्तान, मालदिभ्स र बङ्गलादेश रहेका छन् । त्यस्तै नेपाल समूह बी मा रहेको छ । नेपालसँगै समूह बीमा श्रीलङ्का र भुटान रहेका छन् ।

टिप्पणी लेख्नुहोस्