लेख विवरण

महिला हक्की : सुदुरपश्चिम र मधेश प्रदेशको रोचक प्रतिस्पर्धा

महिला हक्की : सुदुरपश्चिम र मधेश प्रदेशको रोचक प्रतिस्पर्धा

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला हक्कीको आज भएको खेलमा सुदुरपश्चिम विजयी भएको छ । आज भएको दोस्रो खेलमा सुदुरपश्चिमले १-० को गोल अन्तरले मधेश प्रदेशलाई हराएको हो ।

पहिलो, दोस्रो र तेस्रो क्वाटर गोल रहित बनेको प्रतिस्पर्धात्मक खेलमा सुदुरपश्चिमको तर्फबाट धमरा थापाको गोल नै निर्णयक बन्न पुग्यो । खेलको अन्तिम मिनेटमा धमराले गरेको गोलले सुदुरपश्चिमलाई खेलमा जित दिलायो । उनले ५९ औं मिनेटमा गोल गर्दै सुदुरपश्चिमलाई जित दिलाउन सफल भइन् ।

यसअघि आज भएको पहिलो खेलमा नेपाल आर्मीले ८-० को गोल अन्तरले बागमती प्रदेशलाई हराएको छ । आर्मीको यो लगातार दोस्रो जित हो । आजको खेलमा जित हासिल गरेका दुबै टिम भोलि भिड्दै छन् ।

सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुँदै छ । भोलि प्रतियोगिताको चौथो दिन लुम्बिनी प्रदेश र प्रदेश १ बीच प्रतिस्पर्धा हुँदा सुदुरपश्चिम प्रदेश र नेपाल आर्मी मैदानमा उत्रिदै छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.