माडी क्रिकेट कप : उपाधिका लागि लुम्बिनी र रौतहट भिड्ने
चितवन । लुम्बिनी नवयुवा क्लब ‘छैठौं वातासिनो माडी क्रिकेट कप २०७९’को फाइनल प्रवेश गरेको छ ।
बसन्तपुर युथ क्लबको आयोजनामा माडीको बसन्तपुरमा सञ्चालित राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा रामग्राम किंग्सलाई ३ विकेटले पराजित गर्दै लुम्बिनी नवयुवा क्लब फाइनल प्रवेश गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको रामग्राम किंग्सले १८.५ ओभरमा अलआउट हुँदै ११४ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको लुम्बिनीले १५.१ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
२१ बलमा २३ रन बनाएका अमृत गुरूङ खेलको म्यान प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगिताको फाइनलमा लुम्बिनी नवयुवाले आइतबार अल ईक्वल क्रिकेट एकेडेमी गरुडा, रौतहटको सामना गर्नेछ ।
प्रतियोगिताको विजेताले रु. ३ लाख १० हजार, उपविजेताले १ लाख ५५ हजार साथै विधागत उत्कृष्ट खेलाडीहरुले समेत नगद पुरस्कार एवं ट्रफी पाउने आयोजक क्लबका अध्यक्ष पदम विलाश पन्तले जानकारी दिएका छन ।

टिप्पणी लेख्नुहोस्