माडी क्रिकेट कप : लुम्बिनी नव युवा क्लब विजयी
चितवन । माडीको बसन्तपुरमा सञ्चालित ‘छैठौं वातासिनो माडी क्रिकेट कप २०७९’को चौथो दिनको खेलमा लुम्बिनी नव युवा क्लब विजयी भएको छ ।
लुम्बिनीले माडी ११ लाई ३ विकेटले पराजित गरेको हो । पहिलो ईनिङमा व्याटिङ गरेको माडी ११ ले निर्धारित २० ओभरमा ८ विकेटको गुमाएर १४३ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको लुम्बिनीले १६.१ ओभरमा ६ विकेट गुमाई जित निकालेको हो ।
३४ बलमा ५५ रन जोडेका लुम्बिनीका सन्दिप क्षेत्री खेलको म्यान अफ दि म्याच घोषित भए । बसन्तपुर युथ क्लबको आयोजनामा सो प्रतियोगिता सञ्चालनमा रहेको हो ।

टिप्पणी लेख्नुहोस्