लेख विवरण

मानसिंह डोजोलाई उपाधि

मानसिंह डोजोलाई उपाधि

काठमाडौं । मानसिंह डोजोले प्रथम टोखा मेयर कप कराते प्रतियोगिताको उपाधि जितेको छ । ४ स्वर्ण, ३ रजत र ३ कांस्य जित्दै मानसिंह टिम च्याम्पियन बन्यो ।

भृकुटि डोजो ४ स्वर्ण, २ रजत र १ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको वादोरियोले ४ स्वर्ण, १ रजत र १ कांस्य हात पा¥यो ।

पुरुषमा गोंगबुका आयुश राई तथा महिलामा मनमैजुकी प्रतीक्षा तामाङ उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा भृकुटिका आयुश अधिकारी तथा महिलामा निर्मल वाटिकाकी निमिशा लामा उदीयमान खेलाडी चुनिए । मनमैजु अनुशासित टिम ठहरियो । विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.