मिचेल स्टार्कलाई एलन बोर्डर मेडल अवार्ड
काठमाडौं । तिब्र गतिका बलर मिचेल स्टार्कले अष्ट्रेलियन क्रिकेटको सर्वोच्च पुरस्कार एलन बोर्डर मेडल प्राप्त गरेका छन् । उनी सहकर्मी मिशेल मार्सभन्दा एक मतले अगाडि रहे । महिला क्रिकेटर एश्ले गार्डनरले बेलिन्डा क्लर्क अवार्ड प्राप्त गरिन । यी दुवै खेलाडीले पहिलो पटक यो सम्मान प्राप्त गरेको आधिकारिक विज्ञप्तिमा उल्लेख छ । पछिल्लो एक वर्षमा क्रिकेट खेलका सबै ढाँचाहरूमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मिडिया र अम्पायरहरूको भोटको आधारमा यो अवार्ड दिइन्छ।
महिला क्रिकेटर एश्ले गार्डनरले गत सिजनमा ब्याट र बल दुबैमा उत्कृष्ट प्रदर्शन गरेवापत बेलिन्डा क्लार्क सम्मान प्राप्त गरिन। ह्यामिल्टनमा न्यूजिल्याण्ड विरुद्धको अविस्मरणीय जितमा अविजित ७३ रन बनाएकी उनले १० इनिङ्समा ४ अर्धशतक सहित ३५.१ को औसतमा २८१ रन बनाएकी थिइन। यसका साथै उनले खेलमा उनले नौ विकेट पनि लिएकी थिइन । गार्डनर अस्ट्रेलियाका शीर्ष तीन ब्याटिङ र शीर्ष पाँच बलरमा परिन। उनले ५४ मत प्राप्त गरिन । त्यस्तै बेथ मुनी (४७) र एलिसा हिलीले (३९) मत पाउदै क्रमशः दोस्रो र तेस्रो स्थानमा रहिन ।
मिचेल स्टार्कले गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सबै फर्म्याटमा २४.४ को औसतमा ४३ विकेट लिएका छन् । वेस्ट इन्डिज विरुद्ध तीन खेलको एकदिवसीय शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेबापत उनलाई पुरुष ओडीआई प्लेयर अफ द इयरको अवार्ड दिइएको थियो। एडिलेडमा भएको डे–नाइट टेस्टको पहिलो इनिङ्समा उनले ४–३७ को उत्कृष्ट प्रदर्शन गर्दै १९ विकेट लिएका थिए । स्टार्क पछिल्लो १२ महिनामा अस्ट्रेलियाका लागि रन बनाउने खेलाडीमध्ये शीर्ष १० मध्ये एक हुन्। उनले २६.८ को औसतमा २४१ रन बनाए । स्टार्क (१०७ मत) ले मिचेल मार्स (१०६) लाई एक भोटले पराजित गर्दै एलन बोर्डर पदक जितेका थिए भने ब्याट्सम्यान ट्राभिस हेड ७२ मतका साथ तेस्रो भए।

टिप्पणी लेख्नुहोस्