लेख विवरण

मिरपुर टेस्ट पहिलो इनिङ्स : बंगलादेश २२७ रनमा अलआउट

मिरपुर टेस्ट पहिलो इनिङ्स : बंगलादेश २२७ रनमा अलआउट

काठमाडौँं । भारतविरुद्धको दोस्रो टेस्टमा बंगलादेश पहिलो इनिङ्स २२७ रनमा समेटिएको छ । जवाफमा भारतले पहिलो इनिङ्समा बिना कुनै विकेट १९ रन बनाएको छ । पहिलो दिनको खेल सकिएपछि कप्तान केएल राहुल ३ र शुभमन गिल १४ रनको व्यक्तिगत स्कोरमा अविजित फर्किएका छन । खेलमा घरेलु टोली बंगलादेश २०८ रनले अगाडि रहेको छ ।

पहिलो दिन मिरपुरमा टस जितेर ब्याटिङ गरेको बंगलादेशका लागि मोमिनुल हकले सर्वाधिक ८४ रन बनाए । उनी बाहेक अन्य ब्याट्सम्यानले ठूलो पारी खेल्न सकेनन् । मुस्फिकुर रहिम २६ र लिटन दासले २५ रन बनाए । ओपनर नजमुल हसन शान्तोले २४ रनको योगदान दिए ।

भारतका लागि उमेश यादव र रविचन्द्रन आश्विनले ४–४ विकेट लिए । योसँगै १२ वर्षपछि टेष्ट टोलीमा फर्किएका जयदेव उनाडकटले २ विकेट लिए । उनलाई अघिल्लो खेलका म्यान अफ द म्याच कुलदीप यादवको स्थानमा टोलीमा समावेश गरिएको हो । उनाडकटले अन्तिम पटक १६ डिसेम्बर २०१० मा टेस्ट खेलेका थिए।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.