मिल्स क्रिकेट टि–२० : वाइआरसिसी र एनबीएससी सेमिफाइनलमा
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि–२० प्रतियोगितामा वाइआरसिसी क्रिकेट क्लब विराटनगर र एनबीएससी क्रिकेट क्लब विराटनगर विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।
विराटनगर जुट मिल खेलमैदानमा आइतबार भएको पहिलो खेलमा होराइजन क्रिकेट क्बल विराटनगरलाई ५ विकेटले हराउँदै वाइआरसिसी सेमिफाइनलमा पुगेको हो ।
होराइजनले दिएको १८४ रनको विजय लक्ष्य वाइआरसिसी विराटनगरले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । टोलीका लागि दिलिप नाथले ७८ रनको अर्धसतकिय इनिङ खेले । दिपक पासवानले २६ रनको योगदान दिए । शरद भेषवाकर ७ रनमा अविजित रहे । बलिङमा वाइआरसिसीका कमल खत्री र सचिन यादवले समान २/२ विकेट लिए । हेमन्त धामीको नाममा एक विकेट रह्यो ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको होराइजनले निर्धातिर २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनाएको थियो । जसमा मिनिष थापाले सतक बनाएका थिए । १०६ रनको योगदान दिएका थापा खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले ८ छक्का र ४ चौका प्रहार गरे । राकेश कामतले २७ रन बनाउदा कपिल मण्डल १७ रनमा अविजित रहे । बलिङमा होराइजनका दिपक जोशी, सवर्ण किस्कु, कपिल मण्डलले समान १–१ विकेट लिए ।
आईतवार भएको दोस्रो खेलमा मिल्स एकेडेमी क्रिकेट क्बल रानीलाई ४९ रनले स्तब्ध बनाउँदै एनबीएससी क्रिकेट क्लब विराटनगर सेमिफाइनलमा पुगेको छ ।
टस जितेर ब्याटिङ रोजेको एनबीएससीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २३९ रनको विशाल योगफल खडा गरेको थियो । जसमा एनबीएससीका विपिन सौरवले ८५ अर्धसतिय इनिङ खेले । विधान गोस्वामीले ४७ रन, प्रशान्त कुमारले ३४ रन बनाए । बलिङमा मिल्सले मिरास खानले ४ विकेट लिए । अंकित गोस्वामी र दानिसले समान २–२ विकेट लिए ।
२४० रनको विशाल विजय लक्ष्य पछ्याएको मिल्स क्रिकेट क्लबले १९ ओभर ४ बलमा अलआउट भइ १९० रनमा सिमित भयो । टोलीको लागि विकास लोलियाले ८८ रनको अर्धसतकिय इङनिङ खेले । अभिन्नदनले १५ रन, अंकित गोस्वामीले १३ रन बनाए ।
एनबीएससीका अनुभव श्रीवास्तवले ३ विकेट लिए । रोहित कुमार र प्रशान्त कुमारले समान २/२ विकेट लिए । प्लेयर अफ द म्याच एनबीएससीका विपिन सौरव घोषित भए ।
सोमबारको खेल ओसिस काठमाण्डौ र सप्तरी ११ बिच हुनेछ । सोही दिन हुने दोस्रो खेल दिल्ली देवस र विरगन्ज युथ क्रिकेट क्लब बिच हुनेछ ।

टिप्पणी लेख्नुहोस्