लेख विवरण

मिल्स टी–२० क्रिकेट : एनबीएससी फाइनलमा

मिल्स टी–२० क्रिकेट : एनबीएससी फाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा एनबीएससी क्रिकेट क्लब विराटनगर फाइनलमा पुगेको छ ।

वाइआरसीसी विराटनगरलाई ६३ रनले पराजित गर्दै एनबीएससी उपाधि नजिक पुगेको हो ।

अब वाइआरसीसीले उपाधिको लागि बिहीबार अन्तिम सेमिफाइनल खेल मिल्स क्रिकेट क्लब र एनसीसी नरपथगन्ज बिहारबिचको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

विराटनगर जुट मिलको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एनबीएससीले दिएको १९८ रनको लक्ष्य पछ्याएको वाइआरसिसीले १८.३ बलमा १० विकेट गुमाइ १३५ रनमा सिमित भयो । जसमा वाइआरसिसीका श्रवण यादव र दिलिप नाथले समान २४–२४ रन बनाए । हेमन्त धामीले १६ रनको योगदान दिए ।

बलिङमा एनबीएससीका विधान गोस्वामीले सर्वाधिक ४ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । प्रशान्त कुमारले २ विकेट र रन्जित कुमारले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको एनबीएससीले निर्धातिर २० ओभरमा ७ विकेट गुमाइ १९७ रनको बनाएका थिए । एनबीएससीका कुमार रनिसले ३५ रन, रंजित कुमारले ३४ रन बनाए । युसुप नधिमले ३० रनको योगदान दिए ।

बलिङमा वाइआरसीसीका श्रवण यादव, रिहान खान र हेमन्त धामीले समान २–२ विकेट लिए ।

आजै भएको अन्तिम क्वाटरफाइनल खेलमा घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगर विजयी भएको छ । ओसिस क्रिकेट क्लब काठमाण्डौलाई ४३ रनले निराश बनाउँदै घरेलु टिम मिल्स क्रिकेट क्लब विजयी भइ सेमिफाइनलमा पुगेको हो ।

विराटनगरले दिएको २४२ रनको विशाल लक्ष्य पछ्याएको काठमाण्डौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १५८ रनमा समित भयो । जसमा ओसिसका सुमित श्रेष्ठले ४७ बलमा ९४ रनको अर्धशतकीय इनिङ खेल्दै अविजित रहे । सुजन थपलियाले २३ रन, सम्राट भुसालले २२ रनको योगदान दिए ।

मिल्स क्रिकेट क्लबका पवन सरापले २ विकेट, सुमित महर्जनले २ विकेट, रुपेश सिंहले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकटे गुमाउँदै २४१ रन बनाएको थियो । मिल्सका सुमित महर्जनले ३० बलमा ७० रनको अर्धशतकीय ईनिङ खेल । उनको ब्याटबाट ६ वटा छक्का र ७ वटा चौका प्रहार गरेका थिए । पवन सरापले २५ बलमा ५० रनको योगदान दिए । अरुण एरीले ३७ रन बनाउँदै अविजित रहे ।

ओसिसका सुमित श्रेष्ठले ३ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए । दिपक चन्द, सहप आलमले समान २÷२ विकेट लिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.