मुरली विजयले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
काठमाडौं । भारतीय ओपनर मुरली विजयले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । आफ्नो १४ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट करियरमा, विजयले ६१ टेस्ट, १६ एकदिवसीय र नौ टि २० अन्तर्राष्ट्रिय खेलहरूमा भारतको प्रतिनिधित्व गरेका छन। सन् २००८ नागपुरमा खेलिएको बोर्डर-गावस्कर ट्रफीको अन्तिम टेस्टमा उनले गौतम गम्भीरको स्थानमा पहिलो पटक भारतीय ११ मा स्थान बनाएका थिए।
विजयले पछिल्लो पटक डिसेम्बर २०१८ को पर्थ टेस्टमा भारतको प्रतिनिधित्व गरेका थिए। उनले डिसेम्बर २०१९ मा तमिलनाडुका लागि अन्तिम रणजी ट्रफी खेलका थिए। विजयले आफ्नो अन्तिम व्यावसायिक खेल आईपीएल सन् २०२० मा दिल्ली क्यापिटल्स विरुद्ध खेलेका थिए।
विजयले आफ्नो टेस्ट करियरको १०५ इनिङ्समा ३८.२८ को औसतले ३ हजार ९ सय ८२ रन बनाएका छन। यस क्रममा उनले १२ शतक र १५ अर्धशतक बनाएका छन । उनले सन् २०१३ मा अस्ट्रेलिया विरुद्ध हैदरावादमा बनाएको १६७ रन उत्कृष्ट स्कोर थियो।

टिप्पणी लेख्नुहोस्