लेख विवरण

मुवाँथाई च्याम्पियनसिपमा अनिशालाई स्वर्ण

मुवाँथाई च्याम्पियनसिपमा अनिशालाई स्वर्ण

काठमाडौं । अनिशा खड्काले युएई मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । अनिशाले महिला ७१ केजीमुनि तौलसमूहमा स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

आबुधाबीमा जनवरी २७ देखि २९ तारिखसम्म भएको प्रतियोगिताको फाइनलमा अनिशाले सुडानकी नवल फागिरलाई पराजित गरिन् । सेमिफाइनलमा अनिशाले युकेकी क्लेरे नेललाई हराएकी थिइन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.