मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि पुरुषोत्तमलाई
काठमाडौं। नेकोस काठमाडौं मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि काठमाडौंका पुरुषोत्तम सिलवालले जितेका छन । नेपाल खेलकुद महासंघ (नेकोस) र साउथ वेस्टर्न स्टेट कलेजको संयुक्त आयोजना गरेको प्रतियोगितामा पुरुषोतम ७१ प्रतिस्पर्धीलाई पछि पार्दै च्याम्पियन बनेका हुन ।
दुई दिने प्रतियोगितामा उनले शतप्रतिशत नतिजा निकालेका थिए । आइतबार सम्पन्न प्रतियोगितामा पुरुषोतमले सात खेलबाट सात अंक जोड्दै सातै हजार रुपियाँ पुरस्कार पाए । ६ अंक बटुलेका कुशल बेलबासे दोस्रो र पुर्णिमा गुरुङ तेस्रो भइन ।
दोस्रोलाई पाँच हजार र तेस्रो हुनेलाई चार हजार रुपियाँ पुरस्कार प्रदान गरियो । बर्दियाका निशान्त श्रेष्ठ चौथो र कपिल घिमिरे पाँचौं बन्दै जनही दुई हजार रुपियाँ प्राप्त गरे । काठमाडौंकी मार्शल तामाङ सात खेलबाट पाँच अंक बनाउँदै महिलातर्फ उत्कृष्ट घोषित भइन । अभिक शाह तथा अविन पाण्डे १४ वर्षसम्मको उमेर समूहमा क्रमशः पहिलो र दोस्रो तथा १० वर्ष सम्मको उमेर समुहमा लक्ष्य मोर पहिलो भए ।
विजेतालाई नेकोसका स्कुल विभाग प्रमुख प्रभात विक्रम कटवाल, साउथ वेस्टर्न स्टेट कलेजका प्रिन्सिपल डा.राजेन्द्र केसी, नेपाल बुद्धिचाल संघका सदस्य एवं अन्तर्राष्ट्रिय आर्विटर उमेश केसी लगायतले पुरस्कार प्रदान गरे ।

टिप्पणी लेख्नुहोस्