लेख विवरण

मेयर कप खुला स्नुकर : सुजनको जित

मेयर कप खुला स्नुकर : सुजनको जित

काठमाडौं । सुजन मगरले दोश्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगितामा सोमबार जित हात पारेका छन् । सुजनले शंकर खड्कालाई ३–० को फ्रेममा पराजित गरे ।

बौद्धस्थित आयोजक छोरतेन स्नुकर क्लब, बौद्धमा भइरहेको प्रतियोगितामा सचिन घलेले विकास श्रेष्ठलाई ३–०, दिपांकर तुलाधरले निरज महर्जनलाई ३–१, मिलन लामाले रिजेन्द्र गिरीलाई ३–१, सफिर राजकर्णिकारले दोर्जे लामालाई ३–०, प्रणय कइकेलले कुशल तामाङलाई ३–२ र निर्माण बोगटीले ओम चित्रकारलाई ३–० ले हराए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.