लेख विवरण

मेयर कप भलिबल : एपिएफ र आर्मीको विजयी सुरुवात

मेयर कप भलिबल : एपिएफ र आर्मीको विजयी सुरुवात

ललितपुर । मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा एपिएफ र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन ।

ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा आइतवार भएको खेलमा एपिएफले आयोजक ललितपुर महानगरपालिकालाई ३–० को सेटमा पराजित गर्यो ।

एपिएफले ललितपुरलाई २५–६, २५–७ र २५–१४ को सेटमा हरायो ।

आइतवार भएको अर्को खेलमा आर्मीले कोटेश्वर मल्टिपल क्याम्पसलाई ३–० को सेटमा पराजित गर्यो । आर्मीले कोटेश्वरमाथी २५–६, २५–४ र २५–५ को जित निकाल्यो ।

पुरुष तर्फ भएको खेलमा ललितपुर र नेपाल गणतान्त्रिक खेलकुदले जित निकाल्यो । ललितपुरले बोगटी समाज ललितपुरलाई २५–१२, २५–१८ र २५–१९ को सेटमा पराजित गर्यो ।

नेपाल गणतान्त्रिकले पाटन मल्टिपल क्याम्पसलाई २५–१२, २५–२० र २५–१५ को सेटमा पराजित गर्यो ।

ललितपुर महानगरपालिकाको आयोजना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको व्यबस्थापनमा जारी प्रतियोगितामा पुरुष तर्फ ८ र महिला तर्फ ७ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले २ लाख, उप–विजेताले १ लाख तथा तेस्रो स्थान प्राप्त गर्नेले ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.