लेख विवरण

मेयर कप भलिबल : न्युडायमण्ड र एपीएफ सेमिफाइनलमा

मेयर कप भलिबल : न्युडायमण्ड र एपीएफ सेमिफाइनलमा

ललितपुर । ललितरपुरमा जारी मेयर कप भलिबल प्रतियोगितामा महिलातर्फ एपीएफ र न्युडायमण्ड सेमिफाइनल प्रवेश गरेका छन् । सोमबार जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको खेलमा न्युडायमण्डले ललितपुर महानगरपालिका र एपीएफले परोपकार गल्स होस्टेललाई ३–० को सोझो सेटमा पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेका हुन् ।

न्युडायमण्डले ललितपुर महानगरलाई २५–१, २५–१२ र २५–८ को सेटमा पराजित गर्यो भने एपीएफले परोपकारलाई २५–६, २५–४ र २५–३ को सेटमा पाखा लगायो ।

पुरुषतर्फको खेलमा पुलिसले पाटन बहुमुखी क्याम्पस र आर्मीले बोगटी समाज ललितपुरलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले पाटन बहुमुखीमाथि २५–१३, २५–१० र २५–१४ को स्कोरमा र आर्मीले बोगटी समाजलाई २५–८, २५–१४ र २५–९ को स्कोरमा हरायो ।

ललितपुर महानगरपालिकाद्धारा आयोजित प्रतियोगिताको विजेता टिमले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ दिईने आयोजकले जनाएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.