लेख विवरण

मेयर कप वादो कराते शनिबार

मेयर कप वादो कराते शनिबार

काठमाडौं । आईडब्लुएफएन कराते, ठैब डोजोको आयोजनामा दोश्रो मेयर कप बागमती प्रदेशस्तरीय वादो कराते प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा कातासहित पुरुष/महिलामा समान ११–११ गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष एवं प्रमुख प्रशिक्षक बुद्धराज नेगीले जनाएका छन् । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।

एकदिने प्रतियोगिताका खेलहरु ठैबस्थित ब्लु बर्ड स्कुलमा हुनेछ । प्रतियोगितालाई लक्षित गरी शुक्रबार सेमिनार पनि सम्पन्न भएको छ । सेमिनारमा २५ निर्णायक सहभागी थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.