मेलबर्न क्रिकेट क्लबको नयाँ अध्यक्षमा पूर्व खेलाडी मार्क निकोलस निर्वाचित
काठमाडौंँ । इङ्ल्यान्डका पूर्व क्रिकेटर तथा अनुभवी कमेन्टेटर मार्क निकोल्स बुधबार मेलबर्न क्रिकेट क्लबको नयाँ अध्यक्षमा निर्वाचित भएका छन् । उनले वर्तमान अध्यक्ष स्टीफन फ्राईको स्थान लिनेछन् र यो वर्ष अक्टोबर देखी जिम्मेवारी सम्हाल्नेछन्।
क्लबको वार्षिक साधारण सभाले मार्कलाई नयाँ अध्यक्षमा नियुक्ति गरेको जनाएको छ । 'यस सम्मानको अर्थ र यससँग जोडिएको विशेषाधिकार बुझ्नको लागि तपाईले एमसीसीमा विगतका अध्यक्षहरूको लाइन–अप मात्र हेर्नु पर्छ' मार्कले आफ्नो नियुक्ति पछि एक विज्ञप्तिमा भने।
उनले भने "मैले पहिलो पटक लर्ड्सको आउटफिल्डमा बाउन्ड्री पछाडिबाट क्रिकेट हेरेको थिएँ। मैले केही समयको लागि राम्रो सिट पाउन सक्छु, तर म सधैं बाहिर गएर खेल्न चाहन्छु।"

टिप्पणी लेख्नुहोस्