मेस्सीको तस्बिर अर्जेन्टिना पेसोमा
काठमाडौँं । आफ्नो कप्तानीमा ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि जिताएका लियोनल मेस्सीको तस्बिर मुद्रामा रहने भएको छ । एक रिपोर्ट अनुसार अर्जेन्टिना सरकारको आर्थिक मामिला हेर्ने मन्त्रालयले अर्जेन्टिनालाई तेस्रो पटक उपाधि जिताउने मेस्सीको तस्बिर मुद्रामा छाप्ने विचार गरिरहेको छ। यदि यसो भयो भने, मेस्सी देशको मुद्रामा चित्रित हुने पहिलो खेलाडी बन्नेछन्।
कतारमा सम्पन्न विश्वकप फुटबलको फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो ।

टिप्पणी लेख्नुहोस्