लेख विवरण

मेस्सीले आगामी विश्वकप नखेल्ने

मेस्सीले आगामी विश्वकप नखेल्ने

काठमाडौंँ । अर्जेन्टिना फुटबल टोलीका कप्तान लियोनल मेस्सीले मङ्गलबार (जुन १३) मा आगामी विश्वकपमा नखेल्ने घोषणा गरेका छन् । मेस्सीले आफ्नो कप्तानीमा टोलीलाई सन् २०२२ को विश्वकप फुटबल च्याम्पियन बनाएका थिए । उनले सन् २०२६ को विश्वकप खेल्ने इच्छा नरहेको बताएका छन् ।

मैत्रीपूर्ण खेल खेल्न अर्जेन्टिनासँग चीन गएका मेस्सीलाई चिनियाँ अखबार टाइटन स्पोर्ट्सले सन् २०२६ को विश्वकप खेल्ने हो कि भनेर सोध्दा मेस्सीले भने, ‘मलाई त्यस्तो लाग्दैन । २०२२ को विश्वकप मेरो अन्तिम विश्वकप थियो। हेरौ अब समयहरु कसरी परिवर्तन हुँदै जान्छ, तर सिद्धान्तमा होइन। म अब अर्को विश्वकप खेल्दिनँ ।'

सन् २०२६ को विश्वकप तीन देशले संयुक्त रुपमा विश्वकप आयोजना गर्ने भएको छ । प्रतियोगिता अमेरिका, क्यानडा र मेक्सिकोमा हुनेछ । मेस्सीले अहिले अन्तर्राष्ट्रिय फुटबल खेल्ने छन् । तर उनले सन् २०२४ को कोपा अमेरिकापछि सन्यास लिन सक्नेछन् ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले मेस्सीको बारेमा धेरै अघिनै भनेका थिए, ‘उनका लागि हाम्रो ढोका खुला छ। यदि उनले खेलेनन् भने हामी विकल्प खोज्नेछौं। मलाई आशा छ कि मेस्सी अर्को विश्वकप खेल्नेछन्। म उनलाई त्यहाँ देख्न चाहन्छु, तर पहिलो कुरा प्रतियोगितामा छनोट हुन हो ।'

मेस्सीले अर्जेन्टिनाका लागि १७४ खेल खेलेका छन् । यस अवधिमा उनले १०२ गोल गरेका छन् । सन् २०२१ र २०२२ मेस्सीका लागि विशेष रह्यो । उनले दुई वर्षमा देशका लागि तीनवटा उपाधि जितेका छन् । मेस्सीको कप्तानीमा अर्जेन्टिनाले २०२१ को कोपा अमेरिकाको उपाधि जितेको थियो । त्यसपछि युरोप र दक्षिण अफ्रिकाका दुई उत्कृष्ट टोली अर्जेन्टिना र इटालीबीच भएको ‘फाइनलसिमा’ जित्दै सन् २०२२ को विश्वकप जितेर इतिहास रचेका थिए। 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.