लेख विवरण

मेस्सीले तोडे् म्याराडोनाको कीर्तिमान

मेस्सीले तोडे् म्याराडोनाको कीर्तिमान

काडमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत समूह सीको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई पराजित गरेको छ । मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले खेल २–० ले जितेको थियो । यो खेलमा मेस्सीले म्याराडोनाको कीर्तिमान तोड्न सफल भएका छन ।

म्याराडोनाको कीर्तिमान तोड्न मेस्सीले कुनै गोल गर्नु परेन । मैदानमा उत्रने बित्तिकै उनले म्याराडोनालाई पछाडि छोडे। किनभने उनी अर्जेन्टिनाका लागि फिफा विश्वकपमा सबैभन्दा बढी २२ खेल खेल्ने खेलाडी बनेका छन् । म्याराडोनाले विश्वकपमा २१ खेल खेलेका छन् ।

दोहाको ९७४ स्टेडियममा भएको खेलमा दुई टोलीबीच आक्रामक फुटबल देखिएको थियो । अर्जेन्टिनाले सुरुवातदेखि नै पोल्याण्डको गोलपोस्टमाथि आक्रमण जारी राख्यो । पहिलो हाफमा कम्तिमा ६ पटक गोल गर्ने प्रयास गरेको अर्जेन्टिनालाई पोल्याण्डको डिफेन्सले सफल हुन दिएन्।

खेलको ३८ औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पायो जसलाई मेस्सीले गोलमा परिणत गर्न सकेनन् । उनले प्रहार गरेको पेनाल्टी किक पोल्याण्डका गोलकिपरले बचाए ।

पहिलो हाफ गोलरहित रह्यो । तर दोस्रो हाफ सुरु हुनेबित्तिकै अर्जेन्टिनाले पोल्याण्डमाथि पहिलो गोल गरेको थियो । खेलको ४६ औं मिनेटमा अर्जेन्टिनाका लागि एलेक्सिस एलिस्टेयरले गोल गरे ।

खेलमा ०-१ ले पछि परेको पोल्याण्डले पनि गोल बराबरी गर्ने प्रयास गर्दा गर्दै अर्को गोल खाएको थियो । खेलको ६७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाएका थिए ।

त्यसपछि खेलमा एक गोल पनि हुन सकेन र अर्जेन्टिना खेल जित्यो । जितपछि अर्जेन्टिनाले अब नकआउटमा अष्ट्रेलियासँग खेल्नेछ ।

पोल्याण्डले अर्जेन्टिनासँगको हारमा पनि नकआउट चरणको टिकट पायो । टोली गोल अन्तरमा मेक्सिकोभन्दा अगाडि रहदै नकआउटमा पुग्न सफल भयो । पोल्याण्डले अब नकआउटमा फ्रान्सको सामना गर्नेछ।

फिफा विश्वकप २०२२ अन्तर्गत समूह सी को अर्को खेलमा मेक्सिकोले साउदी अरेबियालाई २-१ ले हराएको छ।

 

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.