लेख विवरण

मैत्रीपूर्ण खेलमा इटालीले अल्वानीयालाई हरायो

मैत्रीपूर्ण खेलमा इटालीले अल्वानीयालाई हरायो

काठमाडौं । फिफा मैत्रीपूर्ण खेलमा इटालीले अल्वानीयालाई ३–१ अन्तरले पराजित गरेको छ । 

बुधबार राति युरो च्याम्पियन इटालीलाई जिताउन २९ वर्षीय भिन्सेन्जो ग्रिफोले दुई गोल गरेका थिए । यसैगरी जिओभानी डि लोरेन्जोले एक गोल गरे । अल्भानीयाका आर्डिअन इस्माज्लीले एक गोल गरे । 

इटाली १–० ले पछि परेको स्थितिमा खेलमा पुनरागमन गरेको थियो । आर्डिअनले खेलको १६औं मिनेटमा गोल गर्दै अल्वानीयालाई अग्रता दिलाएका थिए । रोजेन्जोले २०औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याएका हुन् । 

२५ र ६४औं मिनेटमा ग्रिफोले गोल गर्दै इटालीलाई जित दिलाएका थिए । कतार विश्वकपमा भने दुबै टोली बाहिर छन् । 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.