मैत्रीपूर्ण खेलमा दक्षिण अफ्रिका र पाराग्वेको बराबरी
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत शुक्रबार भएको खेलमा दक्षिण कोरिया र पाराग्वेले २–२ गोलको बराबरी खेलेका छन् ।
दक्षिण अमेरिकी टिम पाराग्वेले पहिलो हाफमा लिएको २–० को अग्रता जोगाउन असफल भयो ।
खेलको २३ र ४९औं मिनेटमा मिगुएल अल्मिरोनले गोल गर्दै पाराग्वेलाई २–० को अग्रता दिलाए ।
खेलको ६६औं मिनेटमा सन ह्युङ मलिने गोल गर्दै कोरियालाई २–१ को अवस्थामा ल्याए । खेलको इन्जुरी समयमा जुङ वु योङले गोल गर्दै एसियन टिम कोरियाको हार टारे ।

टिप्पणी लेख्नुहोस्