मोटर स्पोर्ट्स क्याटगोरीमा सहभागी हुन जय सिंगापुर जाने
काठमाडौंँ । ओलम्पिक स्पोर्ट्सअन्तर्गत मोटर स्पोर्ट्स क्याटगोरीमा सहभागी हुन जयप्रताप मास्के बुधबार सिंगापुर जाने भएका छन् ।
भर्चुअल प्रतियोगिता जुन २२ देखि २५ तारिखसम्म हुनेछ । उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका उप–महासचिव पिताम्बर तिम्सिना, राखेपका सदस्य अन्जन धमाल र प्रकाश कुसारीले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

टिप्पणी लेख्नुहोस्