लेख विवरण

मोरङमा १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

मोरङमा १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

विरानगर । १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो दिन (बुधबार) विभिन्न इभेन्टका खेल सकिएका छन् ।

मोरङको टंकीसिनवारीको जनप्रिय माविमा भइरहेको प्रतियोगिताअन्तर्गत विभिन्न खेलका इभेन्ट सकिएका छन् । प्रतियोगिताअन्तर्गत ४ सय मिटर छात्रतर्फ साजिलाल माविका सोयल चौधरी प्रथम, साजिलालकै राम मगर दोस्रो र मच्छिन्द्र माविका राकेश सार्की तृतीय भए । छात्रातर्फ केराबारीकी सन्जुमाया तामाङ प्रथम, बेलबारीकी सविना टुडु द्वितीय र रतुवामाईकी रुवी महतो तृतीय भइन् ।

ज्याभ्लिङ थ्रो छात्रातर्फ प्रगतिशिल माविकी तारादेवी बुढाथोकी प्रथम, साजिलाल माविकी कृपा सार्की द्वितीय र सरस्वती माविकी सोममाया मगर तृतीय भइन् । छात्रतर्फ विराटनगरका रुवेल मुर्मु प्रथम, बेलबारीका सन्देश पराजुली द्वितीय र जहदाका राकेश तृतीय भए ।

त्यस्तै ४ सय मिटर रिले छात्रतर्फ सुन्दरहरैँचा प्रथम, रतुवामाई द्वितीय र विराटनगर तृतीय भयो । छात्रातर्फ सुन्दरहरैँचा प्रथम, रतुवामाई द्वितीय र केराबारी तृतीय भयो । १५ सय मिटर दौड छात्रातर्फ साजिलालकी सरु राई प्रथम, सवित्री माविकी सिर्जना श्रेष्ठ द्वितीय र लक्ष्मी माविकी मन्दिरा महतारा तृतीय भइन् । छात्रतर्फ विराटनगरका अमर यादव प्रथम, सन्दरहरैँचाका चन्द्रबहादुर गुरुङ द्वितीय र केराबारीका वकित मगर तृतीय भए ।

त्यसैगरी सटपुट छात्रातर्फ शान्ति भगवती माविकी एलिना लिम्बू प्रथम, सुन्दरहरैँचाकी कृपा सार्की द्वितीय र शारदा माविकी अस्मिता धिमाल तृतीय भइन् । छात्रतर्फ सुकुना माविका दीपक बिक प्रथम, रामपुर माविका टीकाराम मगर द्वितीय र जनता माविका मौसम लिम्बू तृतीय भए । ४ गुणा ४ सय रिले छात्रातर्फ सुन्दरहरैँचा प्रथम, रतुवामाई द्वितीय र केराबारी तृतीय भए । छात्रतर्फ सुन्दरहरैँचा प्रथम, रतुवामाई द्वितीय र विराटनगर तृतीय भए ।

यस्तै ८ सय मिटर छात्रतर्फ केराबारीका राकेश सार्की प्रथम, रतुवामाईका शिव लिम्बू द्वितीय र बेलबारीका भीषण राउत तृतीय भए । छात्रातर्फ केराबारीकी सन्जुमाया तामाङ प्रथम, सुन्दरहरैँचाकी अनिला राई द्वितीय र बुढीगंगाकी नम्रता खवास तृतीय भइन् । १ सय मिटर छात्रातर्फ बुढीगंगाकी नम्रताकुमारी माझी प्रथम, उर्लाबारीकी मेनुका दर्जी द्वितीय र सुन्दरहरैँचाकी शिखा श्रेष्ठ तृतीय भइन् । छात्रतर्फ सुन्दरहरैँचाका आशिष दनुवार प्रथम, सुन्दरहरैँचाकै सुशील खड्का द्वितीय र उर्लाबारीका सुवाष राजवंशी तृतीय भए ।

मोरङ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा बुढीगंगा गाउँपालिकाको सहआयोजनामा सुरु भएको राष्ट्रपति रनिङ चैत ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको प्रतिस्पर्धा हुनेछ । जिल्लाको १४ पालिकाबाट १ हजार जना खेलाडीको सहभागिता रहेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.