लेख विवरण

मोरिससविरुद्ध नेपाल विजयी

मोरिससविरुद्ध नेपाल विजयी

काठमाडौं । घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा मोरिससविरुद्ध नेपाल १–० ले विजयी भएको छ। नेपालका लागि विमल घर्तीमगरले खेलको ५४ मिनेटमा निर्णायक गोल गरे।

शनिबार दशरथ रंगशालामा पहिलो हाफ गोलरहित बराबरी खेलेको मोरिससविरुद्ध अन्जन विष्टको पासमा विमलले गोल गरेका हुन।

२६ महिनापछि राष्ट्रिय टिममा फर्किएका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गरेका हुन। सन् २०१९ नोभेम्बरमा म्यानमारविरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिबन्ध र चोटका कारण दुई वर्ष टिम बाहिर थिए।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.