लेख विवरण

म्याग्दी जिल्ला भलिबल सङ्घलाई २० लाख सहयोग

म्याग्दी जिल्ला भलिबल सङ्घलाई २० लाख सहयोग

काठमाडौंँ । गौमती खत्री विकास अक्षय कोषले म्याग्दी जिल्ला भलिबल सङ्घलाई २० लाख सहयोग गरेको छ । कोषले वार्षिक रूपमा दुई लाखका दरले दश वर्ष सम्म सहयोग गर्ने भएको हो ।

कोषका संस्थापक अध्यक्ष लालबहादुर केसी र भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले आइतवार म्याग्दी भलिबल सङ्घको कार्यालयमा सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन ।

प्राप्त सहयोगले बार्षिक रुपमा विद्यालय स्तरीय म्याग्दी कप भलिबल प्रतियोगिता आयोजना गरिने भलिबल संघका अभ्यक्ष तेजेन्द्र बानियाँले बताए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.