लेख विवरण

म्याच फिक्सिङमा दोषी पाकिस्तानी बलरमाथी २ वर्षको प्रतिबन्ध

म्याच फिक्सिङमा दोषी पाकिस्तानी बलरमाथी २ वर्षको प्रतिबन्ध

काठमाडौंँ । पाकिस्तानका एक खेलाडी म्याच फिक्सिङमा दोषी पाइएका छन् र उनलाई दुई वर्षको प्रतिबन्ध लगाइएको छ । बायाँ हाते स्पिनर आसिफ अफ्रिदीलाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबीले) दुई वर्षको प्रतिबन्ध लगाएको छ । म्याच फिक्सिङमा दोषी पाइएका यी खेलाडीलाई २०२४ सेप्टेम्बर १२ सम्म प्रतिबन्ध लगाइएको छ।

पीसीबीले आसिफ अफ्रिदीलाई घरेलु क्रिकेट, पीएसएल र अन्तर्राष्ट्रिय क्रिकेटबाट आगामी दुई वर्षको लागि प्रतिबन्ध लगाएको छ । आसिफले कश्मीर प्रिमियर लिगमा भाग लिएका थिए र त्यहाँ रावलकोट हक्स टिमबाट खेल्दा म्याच फिक्सिङ गरेका थिए ।

आसिफ पाकिस्तानका सिनियर बायाँ हात बलर मध्येका एक हुन् । उनले ३५ प्रथम श्रेणी खेलमा ११८ विकेट लिएका छन् । लिस्ट ए मा उनले ५९ विकेट लिएका छन् । आसिफले टी–२० मा ६३ विकेट लिएका छन् ।

आसिफले मुल्तान सुल्तान्सबाट पीएसएल खेलिसकेका छन् । यससँगै उनले घरेलु क्रिकेटमा खैबर पख्तुनख्वाबाट खेलेका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.