लेख विवरण

म्यानचेस्टर युनाइटेडका स्ट्राइकरले प्रेमिकालाई कुटपिट गर्दै जबर्जस्ती शारीरिक सम्बन्ध राखेको खुलासा

म्यानचेस्टर युनाइटेडका स्ट्राइकरले प्रेमिकालाई कुटपिट गर्दै जबर्जस्ती शारीरिक सम्बन्ध राखेको खुलासा

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो फुटबल क्लब म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मेसन ग्रिनवुड ठूलो विवादमा परेका छन् । उनलाई उनकी प्रेमिका ह्यारित रब्सनले घरेलु हिंसा र जबर्जस्ती शारीरिक सम्बन्ध राखेको आरोप लगाएकी छिन् । रब्सनले आफ्नो इन्स्टाग्राम अकाउन्टको स्टोरिमा केही तस्वीर, भिडियो र एउटा अडियो क्लिप सार्वजनिक गरेकी छिन। उनले सार्वजनिक गरेको फोटोमा उनको नाकमा रगत बगेको देखिएको थियो भने अडियो क्लिपमा २० वर्षीय मेसनले उनीमाथि जबर्जस्ती यौन सम्पर्क राख्न खोजिरहेका थिए ।

त्यसपछि सामाजिक सञ्जालमा फोटो र अडियो क्लिपहरु भाइरल भएका छन् । फ्यानहरुले अब यी खेलाडीको करियर समाप्त भएको बताईरहेका छन। त्यसपछि रब्सनले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट तस्वीर, भिडियो र अडियो हटाएकी छिन । उनको प्रोफाइल फोटो पनि हटाइएको छ ।

म्यानचेस्टर युनाइटेडले उक्त घटनाबारे जानकारी प्राप्त भएको भन्दै हिंसालाई समर्थन नगर्ने बताएको छ। मेसन म्यानचेष्टर युनाइटेडको एकेडेमीबाट उत्पादित खेलाडी हुन, उनी इङल्याण्डको जुनियर टोलीको लागि पनि खेली सकेका छन् ।

रब्सनले इन्स्टाग्राममा भिडियो शेयर गर्दै लेखेकी थिईन,जो कोहीले पनि जान्न चाहनछन की मेसन ग्रीनवुडले मसँग कस्तो व्यवहार गर्छ ? उनले थुप्रै तस्बिरहरू सार्वजनिक गरेकी थिईन, जाहा उनको शरीरको विभिन्न भागमा चोटको चिह्नहरू देखिएको थियो । सार्वजनिक गरिएको अडियोमा ग्रीनवुडले रब्सनलाई धम्की दिइरहेको आवाज सुनिएको थियो।

सन् २०१९ मा क्लबको सिनियर टोलीमा डेब्यू गरेका मेसन केही समयमै स्टार खेलाडी बने । उनले प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप र लिग कपमा कुल १२९ खेल खेल्दै ३५ गोल गरेका छन ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.