लेख विवरण

म्यानचेस्टर सिटीले इत्तिहाद रंगशालामा गर्यो सर्जियो अग्विरोको सालिक स्थापना

म्यानचेस्टर सिटीले इत्तिहाद रंगशालामा गर्यो सर्जियो अग्विरोको सालिक स्थापना

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीले घरेलु मैदान इत्तिहाद रंगशालामा पूर्व खेलाडी सर्जियो अग्विरोको सालिक स्थापना गरेको छ ।

अर्जेन्टिनी स्टार अग्विरोले सन् २०१२ मा प्रिमियर लिगको उपाधि जिताउने क्रममा सिटीबाट इन्जुरी समयमा विजयी गोल गरेको १० वर्ष पुगेको उपलक्ष्यमा सिटीले सालिक अनावरण गरेको हो ।

सन् २०१२ मा प्रिमियर लिगको अन्तिम खेलमा सिटीले क्विन पार्क रेन्जर्सलाई ३–२ ले हराउँदा अग्विरोले तेस्रो तथा निर्णायक गोल गरेका थिए ।

अग्विरोले सिटीबाट प्रिमियर लिगमा २२७ खेल खेल्दा १८४ गोल र ४७ असिस्ट गरेका थिए ।

अग्विरो यसै सिजनको सुरुआतमा स्पेनिस क्लब बार्सिलोना अनुबन्धित भए पनि मुटुको समस्याका कारण उनले फुटबलबाटै सन्यास लिएका थिए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.