लेख विवरण

म्यानचेस्टर सिटी घरेलु मैदानमा एभर्टनसँग बराबरीमा रोकियो

म्यानचेस्टर सिटी घरेलु मैदानमा एभर्टनसँग बराबरीमा रोकियो

काठमाडौं । एक गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी घरेलु मैदानमा एभर्टनसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको इङ्लिस प्रिमियर लिगमा एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिँदै सिटी अंक बाढ्न बाध्य भएको हो । 

यस बराबरीसँग सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दूरी घटाउने अवसर गुमायो । १६ खेलबाट ३६ अंक जोडेको सिटी दोस्रो स्थानमा छ । एभर्टन १७ खेलबाट १५ अंक जोड्दै १६औं स्थानमा रह्यो ।  

घरेलु इतिहाद मैदानमा सिटीले एर्लिन हाल्यान्डको गोलमा २४औं मिनेटमा अग्रता लिएको थियो । रियाद माहरेजले मिलाएको पासलाई हाल्यान्डले बक्सभित्रबाट गोल गरेका थिए ।

पहिलो हाफमा एक गोल बेहोरेको भ्रमणकारी टोली एभर्टन डेमाराइ ग्रेको गोलमा खेलमा फर्कियो । इड्रिशा गुएको पास सदुपयोग गर्दै ग्रेले एभर्टनको हार टारेका थिए । 

यसैगरी शनिबार नै भएको खेलमा मार्कुस रसफोर्डको निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेडले  उल्भ्सलाई १–० ले पराजित गरेको थियो । 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.